त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ४०० ग्राम सुनसहित तीनजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीनजनालाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीनजनालाई सोमबार बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले विमानस्थलको आगमनकक्षबाट कतारबाट आएका गुरुङलाई एक किलो ४०० ग्राम सुनसहित बिहान पक्राउ गरिएको जानकारी दिए ।

गुरुङ हिमालय एअरलाइन्सको उडान नम्बर ‘एच ९५६४’ मार्फत् नेपाल आएका थिए ।

प्रहरीले गुरुङलाई विमानस्थलमा लिन पुगेका अन्य दुईजनालाईसमेत पक्राउ गरेको छ । पछि पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन ।

घटनाबारे आवश्यक अनुुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार