सरकारको गलत कृयाकलापको भण्डाफोर गर्दै जागरण अभियान




संखुवासभा  । पूर्वको प्रशिद्ध तिर्थस्थल संखुवासभाको मनकामना धाममा बृक्षारोपण गरेर नेपाली काँग्रेस संखुवासभाले दोश्रो चरणको जागरण अभियान शुरु गरेको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको १०६ औं जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस प्रदेश १ का सचेतक तथा प्रदेश साँसद माननिय सुयर्मा राईले प्रदेश क अन्तरगत मनकामना परिषरमा रुद्राक्षको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राईले सरकारको गलत कृयाकलापको भण्डाफोर र काँग्रेस कार्यकतालाई जागरुक बनाउन जागरण अभियान शुरु गरिएको बताए ।

कार्यक्रममा उनले वर्तमान सरकार हरेक क्षेत्रमा निरंकुशता लादेर अधिनायकबाद तर्फ उन्मुख भैरहेको भन्दै काँग्रेसले त्यसको प्रतिकार गर्ने जनाए । काण्डै काण्डमा मुछिएको सरकारले जनचाहना बमोजिम कामगर्न नसकने ठोकुवा गर्दै साँसद राईले हरेक क्षेत्रमा कर थोपरिएपनि त्यसको सहि सदुपयोग गर्न सरकार चुकेको बताए । दुई तिहाँईंको बलियो सरकार छ । चाह्यो भने जे पनि गर्नसकछ तर वर्तमान सरकार काम गर्नै चाहँदैन बरु सुनकाण्ड, निर्मलाहत्या काण्ड, बालुवाटार काण्ड जस्ता काण्डैकाण्ड र भ्रष्टाचारमा ब्यस्त रहेको उनको आरोप छ ।

यसै बिच संखुवासभा प्रदेश ख मा पनि जागरण अभियानको प्रारम्भ गरिएको छ । चैनपुरका दिलकुमारी स्मृति सभा भवनमा भएको अभियानको सुभारम्भ केन्द्रिय प्रतिनिधी तथा नेपाल नेपाल तरुण दलका पुर्व महामन्त्री अनिलकृष्ण प्रसाईंले गरे । काँग्रेस पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्ग, पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्का, जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, नेपाल महिला संघकी सभापति निरु तामाङ बस्नेत लगायत काँग्रेस नेता कार्यकर्ताको उल्लेख्य उपस्थीति रहेको सभालाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधी प्रसाईंले आपसि मदभेद बिर्सिएर काँग्रेस अव नयाँ सोंच र नयाँ ढंगबाट अघि बढ्ने भन्दै दोश्रो चरणको १५ दिने अभियानमा जु्ट्न आग्रह गरे ।

मंशिर १४ मा हुनलागेको उपनिर्वाचनमा मकालु गाउँपालीकाको अध्यक्ष र खाँदबारी नगरपालीका ३ का वडाध्यक्षको निर्वाचन हुनेभएकाले पनि संखुवासभाको जागरण कार्यक्रमलाई काँग्रेसले थप ससक्त पार्ने अपेक्षा राखिएको छ । काग्रेसले भाद्र २४ देखि आश्वीन ७ सम्म देशब्यापी रुपमा जागरण अभियान संचालन गरिरहेको छ ।

सम्बन्धित समाचार