करणी गरेको आरोपमा इन्जिनियर पक्राउ



बैतडी ।  बलात्कारको आरोपमा बैतडीमा मंगलबार साँझ प्रहरीले एक इन्जिनियरलाई  पक्राउ गरेको छ। पक्राउ गर्नेमा मेलौली नगरपालिकाका इन्जिनियर  २७ वर्षीय रोशन चन्द रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।  स्थानीय १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोमवार  किशोरीलाई ललाईफकाई डडेल्धुरा लगि जवरजस्तीकरणी गरेको  आरोप लागेको छ प्रहरी निरीक्षक चन्दले भने  ‘अनुसन्धानका लागि पक्राउ गरेका हौं” किशोरीको स्वास्थ्य परिक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानको लागी डडेल्धुरा पठाउने प्रहरी प्रवक्ता चन्दको भनाइ छ।   सब इन्जिनियर पढ्दै गरेकी किशोरी मेलौली नगरपालिकामा ओजेटी गर्दै आएकी बताईएको छ।  घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित समाचार