पाइपलाइन सञ्चालनमा आएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौँ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ घटाउने निर्णय भएको बताए । निगमका अनुसार मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १०७ रूपैयाँ भएको छ ।

यसैगरी, डिजेल र मट्टीतेलको मूल्य ९५ रूपैयाँ प्रतिलिटर भएको छ । घटाइएको मूल्य मंगलबार दिउँसो १२ बजेदेखि नै लागू भएको निगमले जनाएको छ ।

भारतको मोतिहारी–अमलेखगन्ज पाइपलाइन नेपालतर्फ ३६ किमि र बाँकी २७ दशमलव २ किमि भारततर्फ गरी कुल
६९ दशमलव २ किलोमिटर छ । पेट्रोलियम पाइपलाइनबाट इन्धन आपूर्ति भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने भएको छ । पहिलो चरणमा पाइपलाइनमार्फत डिजेल आपूर्ति गरिएको छ ।
.पर्याप्त पूर्वाधार र भण्डारण व्यवस्थापन पछि भने मट्टीतेल र पेट्रोलसमेत आपूर्ति गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगन्जस्थित डिपोमा १६ हजार किलोलिटर इन्धन भण्डारण गर्न सकिन्छ ।

सम्बन्धित समाचार