लामा झाँक्रीले विरामीको पेटमा प्वाल पारिदिए



धादिङवेशी । जण्डिसको उपचार गरी शरिरको विकार फालिदिने भनी एक लामा झाँक्रीले विरामीको पेटमा प्वाल पारिदिएका छन् ।

बोल्न समेत नसक्ने अवस्थामा पुगेका राजुलाई सुरुमा जिल्ला अस्पताल धादिङमा उपचार गराएर घरमै औषधि खुवाइरहेको र निको नभएपछि झाँक्रीकोमा लगिएको उनकी श्रीमती बिमलाले भनिन् । विगत २ महिना अघिदेखि जण्डिस रोगले थलिएका नीलकण्ठ नगरपालिका-९ झगरेका राजु मगरको शरीरबाट विकार निकालिदिने भन्दै धादिङ नीलकण्ठ नगरपालिका- ३ का झाँक्री गजबहादुर लामाले मगरको पेटमा प्वाल पारिदिएका हुन् ।

अहिले झाँक्रीको उपचारले मगर जीवनमरणको दोसाधमा पुगेका छन् । झाँक्रीले शरीरमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका थिए । सुरुमा ‘झाँक्रीले सुइ लगाएको जस्तो गरी केही सामानले घोचेको र पछि ब्लेटले पेट चिरेर त्यही घाउमा मुखले टोकिदिएको कुरा श्रीमानले आफूलाई बताएको विमलाले बताइन् ‘।

झाँक्रीले पेटमा प्वाल खोपिदिएर अवस्था झनै बिग्रिएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । तर काठमाडौं नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो ।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका यी व्यक्तीले ३ वर्षअघि पनि धादिङ मुलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए ।त्यसपछि ती महिलालाई प्रहरीकोमा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर लामाको तान्त्रिक विधिबाट मार्ने समेत त्रास देखाएको अधिकारकर्मी राधिका सापकोटाले बताइन् ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..