जहाजभित्र जुलुस निकाल्ने ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले निगरानीमा राखे



ललितपुर । जहाजभित्र जुलुस निकाल्ने ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले निगरानीमा राखेको छ। महानगरिय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गर्न लागेका शाहीलाई सुरक्षाका लागि भन्दै प्रहरी कार्यालयमा ल्याएको बताएको छ।

पत्रकार सम्मेलन गर्ने भनिएको ठाउँमा केही व्यक्तिहरु पुगेर होहल्ला मच्चाउन थालेपछि उनलाई जाउलाखेल ल्याइएकाे परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले बताए। ‘पत्रकार सम्मेलन गर्ने भन्ने जानकारी मिल्नासाथ डीएसपीको टोली त्यहाँ पुगेको थियो’, राईले भने,‘तर शाहीले प्रहरीलाई उल्टै पत्रकार सम्मेलन बिथोल्न आएको आरोप लगाए।’

एसएसपी राईका अनुसार शंकास्पद व्यक्तिहरु त्यहाँ पुगेर होहल्ला मच्चाउन थालेकाले उनलाई सुरक्षा दिन त्यहाँबाट कार्यालय ल्याइएको हो। थ्रेट हेरेर मात्र बाहिर पठाउने उनले जानकारी दिए।  ‘आफै जान्छु भन्छन् भने ठिकै छ तर केही भएमा आउने त प्रहरीको मै हो’, एसएसपी राईले भने।

शाहीले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग जहाजभित्रै जुलुस निकालेका थिए। आइतबार जुलुसकाे भिडियो भाइरल भएपछि शाहीले पत्रकार सम्मेलन बोलाएका थिए।

सम्बन्धित समाचार