बोकाको तौल १ सय केजी



बाख्रापालनमा जिल्लाकै नमुना कृषकको रुपमा आफ्नो परिचय स्थापित गरेका श्रीषले साढे २ लाख मूल्य पर्ने एउटा बोकालाई हुकाई रहेका छन्। बैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका फर्किएका श्रीषले दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याएको बोकाको तौल करिव १ सय केजीको रहेको बताए।

डेढ लाख मूल्यका धेरै बोका विक्री गरेँ। प्योर बोयर बोकाको बजार समस्या छैन’ उनले भने। जिल्लाका साथै देशका विभिन्न जिल्लाबाट फर्ममै खरिद गर्न आउने खरिदकर्ताले बैना लगाउने गरेको बताए। एउटै बोकाको मूल्य यति धेरै भन्दै फर्किनेलाई बोयरको जातका बोका बाख्राका बारेमा जानकारी गराउने गरेको श्रीषको भनाई छ।

फर्ममा रहेका ६० वटा बोयर जातका बाख्रा मध्ये अफ्रिका र अष्ट्रेलियाबाट खरिद गरेर ल्याएका ५ वटा बाख्रा र बोका समेत छन्। आफ्नै खेतबारीमा उन्नत जातका घाँस लगाएका श्रीषले दुई वर्षमा बार्षिक २० लाख आम्दानी गर्ने योजना बनाएका छन्। ब्यवस्थित खोरमा पालिएका बोका बाख्रालाई अवलोकन गर्न जिल्ला भित्रका साथै बाहिरी जिल्लाबाट पशुसेवा कार्यालयकै सिफारिसमा आउने गरेका छन्।

स्थानीय जातका बाख्रालाई दिने समय र दानापानीले बोयरलाई पुग्ने भएपछि बोयर बाख्रा र बोका मात्रै पाल्न थालेको बताए। उनका अनुसार प्योर बोयर १५० देखि ३ सय ग्रामसम्म बढ्ने भएकाले पनि बोयरमै लगानी गरेका छन्।  रोजगारको सिलसिलामा युरोपियन मुलुक र खाडीमा डेढ दशक विताएका श्रीषले सातलाख ऋणमा २५ वटा स्थानीय जातको बाख्राबाट ब्यवसाय सुरु गरेका श्रीषले बोयरको बोका खरिद गरी ल्याएर स्थानीय लोकल जातको बाख्रासँग क्रस गराई त्यसबाट उत्पादित बाख्रालाई प्रति केजी २ हजारमा विक्री गर्ने गरेका छन्।

सम्बन्धित समाचार