असोज १२ देखि हवाई भाडा १० प्रतिशत छुट



काठमाडौं । निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरुले दसैँ, तिहारमा यात्रुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने भएका छन्।

निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरुको छाता संगठन (आयोन)ले असोज १२ देखि कात्तिक १७ सम्म १० प्रतिशत छुट दिने जनाएका खबर आजको कारोबार दैनिकले छापेको छ।

संघका प्रवक्ता योगराज कँडेलका अनुसार यात्रुलाई सहज यात्रा गराउन टिकटमा १० प्रतिशत छुट दिएर सेवा दिन लागेको बताए।

विमानस्थल कर र इन्धनको मूल्यमा बाहेक वायुसेवा कम्पनीले लिने भाडामा छुट दिने व्यवस्था गरिएको संघले जनाएको छ।

सम्बन्धित समाचार