मोदीको आज जन्मदिन लागे ६९ वर्ष, ओलीले दिए तीन भाषामा शुभकामना



काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६९ वर्ष लागेका छन्।  मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको हो। मोदीको जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न तीन भाषामा जन्मदिनको शुभकामना व्यक्त गरेका छन्। मोदीको जन्म दिनमा प्रधानमन्त्री ओलीले गुजराती भाषामा, हिन्दीमा र अंग्रेजी भाषामा मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन्।

१३ वर्ष गुजरातको मुख्य मन्त्रीका रुपमा रहेका मोदी भारतको १४ औं प्रधानमन्त्रीको रुपमा भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका थिए। २६ मे २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेका मोदीले पाँच वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि काम गरिरहेका छन्।

सम्बन्धित समाचार