भोजपुर नगरपालिका खुल्ला दिशाामुक्त घोषित



भोजपुर । लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका आज खुल्ला दिशामुक्त नगरपालिका घोषित भएको छ । २ सय २१ घरधुरीको बसोबास रहेको वडा नं. ७ मा सबैले सेफ्टी ट्याङ्की सहितको शौचालय निमार्ण गरी आवश्यक सुचाङ्क पुरा गरेकाले नगरलाई एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त नगर घोषणा गरिएको हो ।

यहाँका जिल्ला समन्वय प्रमुख लक्ष्मण खड्का, नगर प्रमुख कैलाश आले र प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा लगायत सरोकारवाले प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेर नगरलाई खुल्ला दिशाामुक्त घोषणा गरेका हुन् । ९ स्थानिय तह रहेको भोजपुरमा साविकका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुल्ला दिशामुक्त बनेको १ वर्ष भएपनि भोजपुर नगरपालिकाको मुख्य बजार वडा नं. ७ का कारण खुल्ला दिशामुक्त बन्न सकेको थिएन ।

कार्यक्रममा खुल्ला दिशामुक्त नगर बनाउन सहयोग गर्ने राजनितिक पार्टी संघ संस्थालाई कदर पत्र वितरण गरिएको थियो । नगर खुल्ला दिशामुक्त घोषणा भएसँगै जिल्लालाई आगामी भदौ ४ गते खुल्ला दिशामुक्त घोषणा गर्ने बाटो खुलेको छ ।

सम्बन्धित समाचार