बर्षातको कारण भोजपुरमा घर भत्कियो



भोजपुर । वर्षातका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ,भने ग्रामिण भेगमा यातयात आवत जावतमा समस्या भएको छ । बर्षातले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो । यसै विच वर्षातको कारण भोजपुरको आमचोक गाउँपालिका –४ मा एउटा ग्वाली घर भत्किएको छ ।

स्थानीय तिलक बहादुर कार्कीको दुई तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ग्वाली घर भत्किदा मानविय क्षति नभएपनि एक ओटा वोका मरेको प्रहरीको भनाई छ। क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई घटनाको जानकारी हुनसाथ मंगलबार राती सो तर्फ प्रहरी प्रस्थान गरेको छ । भोजपुरमा केहि यताबाट निरन्तर भारी वर्षात भईरहेको छ ।

सम्बन्धित समाचार