भद्रपुर विमानस्थलको स्तरोन्नतको काम तीव्र गतिमा



भद्रपुर । भद्रपुर विमानस्थलको स्तरोन्नतको काम अहिले तीव्र गतिमा भइरहेको छ। धावनमार्ग (रनवे) मर्मत र विमान पार्किङ स्थल बढाउने कामले तीव्रता पाएसँगै विमानस्थलको वान–वे धावनमार्ग विस्तार गर्ने योजनाको कार्य समेत अघि बढिसकेको चन्द्रगढी नागरिक उड्डयन प्राधिकरण कार्यालय भद्रपुरले जनाएको छ। प्राधिकरणले वान–वे धावनमार्ग विस्तारका लागि पूर्व पट्टीको स्थानीयको जमिन खरिद गरिसकेको छ। पश्चिमतर्फ सरकारी कार्यालयको संरचना र सडक रहेकोले त्यसलाई खाली गराउन आवश्यक पहल सुरु भइसकेको चन्द्रगढी नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए।

सम्बन्धित समाचार