लगातार वर्षाले तीन जिल्ला र तराईसँग जोड्ने राजमार्ग अवरुद्ध



उदयपुर । अविरल वर्षाको कारण तीन जिल्लालाई राजधानी काठमाडौं र तराईसँग जोड्ने मध्यपहाडी र सिद्धिचरण राजमार्ग अवरुद्ध भएपछि यातयात ठप्प भएको छ। प्रदेश १ मा पर्ने खोटाङ, ओखलढुँगा र सोलुखम्बुको मुख्य मार्ग पर्ने मध्यपहाडी र सिद्धिचरणलोकमार्ग अवरुद्ध भएपछि यातयात ठप्प भएको हो। तीन दिन देखिको निरन्तर परेको वर्षाका कारण सडकको विभिन्न खण्डमा पहिरो गएपछि अवरुद्ध भएको छ।

धेरै ठाउँमा सडक भत्किएको र बुधबार बिहानै देखि खोलाहरुमा बाढी आएकाले सवारी आवगमन ठप्प भएको कटारी घुर्मीका ट्राफिक प्रहरी कटबहादुर खड्काले जानकारी दिए। उनका अनुसार सोलुखम्बु, ओखलढुंगा र  खोटाङ्ग समस्यामा परेका छन्। ‘माथिल्लो सगरमाथामा पर्ने यी तीन जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन,
उदयपुरको घुर्मी बजारमा नजिकै सडकमा पहिरो गएको छ।

सिद्धिचरण राजमार्गको घुर्मी-कटारी र मध्यपहाडी राजमार्गको घुर्मी–खुर्कोट सडकमा खण्डमा अवरुद्ध भएको छ। जाने-आउने सवारी सबै रोकिएपछि यात्रु समेत अलपत्र परेका छन। घुर्मी बजार आसपासको अवरोध हटाउने प्रयास भईरहेको घुर्मी प्रहरीले जानकारी दिएको छ। अवरुद्ध भएका सडक खुलाउने प्रयास सुरु भएको सम्बन्धित जिल्लाका सरोकारवालाहरूले जानकारी दिएका छन।

सम्बन्धित समाचार