पुर्व सांसद दाहालको निधन, नेकपा संखुवासभाले झण्डा आधा झुकाउने




खाँदबारी । नेकपाका नेता तथा पुर्व सांसद हरि बैरागी दाहालको निधन भएको छ । गत शुक्रबार हृदयघात भई बेहोस हुनुभएको दाहालको काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा गयराती निधन भएको हो ।

उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको थियो होस नखुलेको अस्पतालले जनाएको छ। उहाँ २०५१ सालको मध्यावधी निर्वाचनमा निर्वाचित सांसद हुनुहुन्थ्यो । दाहाल तत्कालिन नेकपा एमालेको जिल्ला कमीटीको सदस्य हुँदै राष्टिय परिषदको सदस्य समेत हुनुभएको थियो ।

जलविद्युत विद्युत विज्ञको रुपमा पनि लिईने उहाँका कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण योगदान रहेको नेकपा संखुवासभाका अध्यक्ष हेमराज घिमिरेले दावी गर्नुभयो । आज संविधान दिवसको कार्यक्रम समापन पश्चात जिल्ला कमिटीको बैठक बसी पार्टीको झण्डा आधा झुकाईने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । दाहालको स्थायी ठेगाना धर्मदेवी नगरपालीको मादी रामवेनी हो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..