भिडियोः दोश्रो दिन यसरी खोज्दा पनि अक्करका वेपत्ताहरुलाई भेटिएन




एक हप्ताअघिदेखि सङ्खुवासभाको अक्कर भिरबाट अरुण नदिमा खसेर वेपत्ता भईरहेकाहरुलाई गोताखोर टोलीले दुई दिनसम्म खोज्दा पनि भेट्न सकेका छैनन् । चितवनबाट आएका चार सदसिय टोलीले विहिबार र शुक्रबार खोज्दा पनि नभेटिएको हो ।

अरुण नदि अत्याधिक धमिलो भएकोले पानी भित्र भिजिविलिटी कम हुँदा खोज्न अप्ठयारो भएको खोजी कार्यमा संलग्नहरुले जनाएका छन् । पानी भित्र केही नदेखिएपछि छामेर खोज्नु परेकोले सफलता प्राप्त हुन नसकेको गोताखोर टोलीका हवल्दार बलराम अधिकारीले जानकारी दिनुभयो । केही पानीको सतहसम्म पुगेर खोजिएको भएपनि केही ठाउँमा पुग्न नसकिएको हवल्दार अधिकारीले जानकारी दिनुभयो । जीप खसेको स्थान निक्कै गहिरो र लेदोले पुरिएको भएकोले पनि अप्ठ्यारो भएको उहाँले जानकारी दिनुभयो । त्यस ठाउँमा पानीको बहाव तिब्र गति घुम्ने भएकोले पनि खोज्न अप्ठ्यारो भएको उहाँको दावी छ । ‘बेगमा आउने पानीको घुम्ने बहाबले बगाएर पल्लो छेउसम्म जान सकिएको छैन, त्यस ठाउँमा पुगे केही सफलता प्राप्त हुन्थ्यो की’, हवल्दार अधिकारीले भन्नुभयो ।

दोश्रो दिनको खोजी कार्यको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार