गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको गयो भूकम्प



काठमाडौ।  शनिबार बिहान गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेराबारी ०७२ सालको महाभूकम्पको केन्द्रबिन्दु बारपाक नजिकै हो ।

भूकम्पको गोरखासहित छिमेकी जिल्लाहरु लमजुङ, तनहुँ र धादिङमा समेत महसुस गरिएको थियो ।

सम्बन्धित समाचार