ठेकेदार कम्पनीले समयमा सडक निर्माण नगर्दा स्थानीयलाई आवतजावतमा समस्या



सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी बजार क्षेत्रमा सडक निर्माणको काम अलपत्र अवस्थामा छोडिएको छ। ठेकेदार कम्पनीले समयमा निर्माण नगर्दा स्थानीयलाई आवतजावतमा समस्या थपिएको हो। सडक स्तरोउन्नतिको क्रममा खनिएका खाल्डो तथा फलामका रडहहरु लामो समयसम्म लथालिङ्ग छोडिदा नगरिकहरुले जोखिमयुक्त यात्रा गरिरहेका छन्।

वर्षाको समयमा काम स्थगीत भएको थियो। निर्माण कम्पनीले लथालिङ्ग अवस्थामा छाडिएको स्थानीय बताउँछन्। २०७५ माघ ७ गते १८ महिनामा काम सक्ने गरि उद्घाटन गरिएको सडक निर्माणको कुल लागत रु. ६ करोड रहेको छ। जिरो प्वाइन्टदेखि सल्लेरी सम्मको एक किलोमिटर सडक निर्माण सकिने म्याद भएपनि नागरिकको समस्यालाई ध्यान नदिएको स्थानीय ध्रुव कार्कीले बताए।

सडक निर्माणको जिम्मा खानी ब्राइट र नेशनल जेभिले सयुक्त रुपमा लिएका हुन्। जिल्ला प्रशासन कार्यालय देखी वडा नम्बर ६ तर्फ आउँने मुख्य सडकको अवस्था हेर्ने जोकोहीले निर्माण कम्पनी देखी नियमनकारी निकाय समेत नहुदाँ काम गर्न नसकेको स्थानीय मनिकुमार राईले बताए। ‘

निर्माणको काम नहुदाँ सहज रुपमा आवत जावत गर्न नसकेको स्थानीय अस्मीता राईले बताइन्। दुवै कामको काम सम्पन्न नहुँदा गर्भवती महिला र बालबालीकालाई बढी समस्या हुने उनको भनाइ छ। दैनिक जसो सानातिना घटना घटेपछि स्थानीय नागरिक आक्रोसीत भएका छन्।
निर्माण कार्यको थालनी भएपनि समयमा सम्पन्न नहुँदा हिड्डुलको लागि अप्ठयारो अवस्था भएको छ,’ स्थानीय व्यापारी कृष्ण निरौलाले बताए।

सम्बन्धित समाचार