एकथान पेस्तोलसहित दुईजना पक्राउ



सर्लाही । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगन्जबाट एकथान पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५, मेजरगन्जका ३० वर्षीय राजेश महतो र सोही ठाउँका ४० वर्षीय सोनालाल ठाकुर रहेका छन् ।

उनीहरुलाई शनिबार बिहान २ बजेतिर इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक नारायण थापाको ‘कमान्ड’मा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

दुईओटा फरक–फरक मोटरसाइकलमा जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले रोकेर चेकजाँच गर्न खोज्दा राजेश महतो बीआर०६एजे ०८०६ भारतीय नम्बरप्लेटको मोटरसाइकल छाडेर भाग्न सफल भएका थिए ।

त्यसक्रममा महतोले धानखेतमा फालेर भागेको वर्षादीभित्र कटुवा पेस्तोल फेलापरेको थियो ।

महतो फरार हुनासाथ व्यापकरुपमा खोजी गर्दा शनिबार बिहान ८ बजेतिर लालबन्दीस्थित बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोनालाल ठाकुरलाई भने प्रहरीले चेकजाँचकैक्रममा मेजरगन्जबाट उनी सवार ना६प २३९२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठोरले जानकारी दिए ।

सर्लाही प्रहरीले चार दिनअघिमात्रै ईश्वरपुर नगरपालिका–११, बेलागाउँबाट एकथान पेस्तोल, दुई राउन्ड गोली र दुईथान गोलीको खोकासहित दुईजनालाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..