जीवन बीमा सेवा मोबाइलबाटै हुने



काठमाडौं । राष्ट्रिय बीमा संस्थानले दिने जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै प्राप्त हुन् भएको छ। पूर्णसरकारी स्वामित्वको जीवन बीमा कम्पनीले बीमक र बीमितहरुका लागि उपयोगी हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो। संस्थानले संविधान दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो।

मोबाइल एप्सको सार्वजनिक गर्दै संस्थानका अध्यक्ष धनीराम शर्माले मोबाइल एप्लिकेशन सुरुवात मात्र रहेको बताउँदै भने– ‘यो एप सुरुवात मात्र हो। यसमा प्रयोगकर्ता, बीमित तथा बीमकको आवश्यकता र माग अनुसार नयाँ नयाँ सुविधाहरू पनि थप्दै लैजाने छौ।’ मोबाइल एप्समा डिजिटल पेमेन्ट थप्नुका साथै उपभोक्ताले खोजेअनुरुपका अनलाइन सुविधा पनि सकेसम्म चाँडो ल्याउने प्रयास गर्ने उनको भनाई छ। संस्थानका प्रशासक कविप्रसाद पाठकले नेपालकै अग्रणी तर सुस्त गतिमा चलिरहेको राष्ट्रिय बीमा संस्थानले अब आफ्नो गति तीब्र बनाएको बताए।

जीवन बीमा व्यवसाय अघि बढाउने सन्दर्भमा संस्थानको गति तीब्र बनाइसकेका भन्दै उनले यो कार्यको थालनीसँग सँगै नागरिक लगानी कोष मार्फत आएको राष्ट्रिय सेवक कर्मचारीहरूको तीन लाख १८ हजार पोलीसीहरु एप्समा समावेश गरिसकेको जानकारी दिए। संस्थानका अभिकर्ता हरिशरण शिवाकोटीले संस्थानको मोबाइल एप्स संस्थान, अभिकर्ता र बीमितहरुबीचको कडीको रुपमा आएको भन्दै बीमाका योजना छान्नेदेखि बीमा गर्नेसम्मको प्रक्रियालाई छोटो बनाइदिएको बताए।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..