वडाध्यक्षको निधन



चितवन । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीकाअनुसार गुरूङको शनिबार बिहान ११ बजे उपचारकोक्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो ।

गुरूङ क्यान्सर रोगबाट पीडित थिए ।

उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भइ विजयी भएका थिए । उनका एक श्रीमती र तीन छोरा छन् । दुई छोरा विदेश भएकाले अन्त्येष्टिका लागि केही दिन लाग्ने भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचार