धरानको जिरोपोइन्टमा दुर्घटना,एक युवाको विभत्स मृत्यु



धरान । धरान १३ जिरो पोईण्टस्थित कोशी लोकमार्गमा आज दिउँसो दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी धरान १३ का एक युवाको विभत्स मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक २७ बर्षीय सविन राई रहेका छन् । प्रहरीका अनुसार धनकुटातर्फ गर्दै गरेको ना ७ ख १८३२ नम्बरको ट्रकलाई सोही दिशातर्फ जादै गरेको को ३१ प ३०३४ न. को स्कुटरले ओभरटेक गर्ने क्रममा यो दुर्घटना भएको हो । ओभरटेक गर्ने उक्त स्कुटर विपरीत दिशाबाट आउदै गरेको को ३७ प ७७३ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो । मोटरसाइकलसँग ठक्कर खाएर अनियन्त्रित भएको स्कुटर पुनः ट्रकमा ठक्कर खादा विभत्स दुर्घटना भएको थियो ।

स्कुटर चालक सविन गम्भिर घाईते भएका थिए । उनी ट्रकको मुनि छिरेपछि ट्रकको चक्काले शरीर मुनिको भाग किचेको थियो । उनलाई उपचारको लागि तत्काल विपी प्रतिष्ठानतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । ट्रक चालक फरार छन् भने ३ वटै सवारी साधन र मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..