ताप्लेजुङमा खोलाले बगाएर एक महिला बेपत्ता



ताप्लेजुङ । ताप्लेजुङमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । ताप्लेजुङ्गको मिक्वाखोला गाउँपालिका १ बेसीगाँउकी ५५ बर्षीया सन्ज मायाँ तामाङ्गलाई शनिबार करिब १२ बजेको समयमा ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका–३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उनको ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास भईरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार