सुटिङमा हिँडेको गाडी दुर्घटना,नायिका केकि अधिकारी लगायत घाइते



रौतहट । काठमाडौबाट सामाजिक गितको लागि छायांकन गर्न आएको गाडी दुर्घटना ग्रस्त भएको छ । छायांकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटो बाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियोे । गाडिमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नाईका केकि अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाकार आलोक सुक्ला, कलाकार बिजय यादव निर्बिज,चालक सुजन पोखरेल लगायत मध्ये केहिलाई समान्य चोटपटक लागेको छ ।

दुर्घटनामा परेको गाडी मा ठुलो क्षति भएपनी छायांकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताए । कटहरिया स्थित सामान्य उपचार पछि कलाकारहरु रेस्टमा रहेका छन । सामाजिक सचेतन गित घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायांकन भोलि देखि ४ दिन सम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुर लगायत को नगरक्षेत्र अन्तरगत विभिन्न स्थानमा हुने जनाईएको छ । बालबिवाह, दाइजो प्रथा, छोरिलाई छोरासरह पढाउने जस्ता चेतनाको लागि प्रदेश २ का नेकपा अध्यक्ष तथा संघीय सांसद प्रभु साहको लगानीमा उक्त गितहरुको छायांकन हुनलागेको फिल्म निर्देशक पुर्नेन्दु झाले बताए ।

सम्बन्धित समाचार