विप्लवका भोजपुर सेक्रेटरी हतियारसहित पक्राउ



भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । टेम्के मैयुङ गाउँपालिका ५ खावा घर भएका जिल्ला सेक्रेटरी बमबहादुर विष्टलाई भोजपुर नगरपालिका १० भैंसीपंखाको गजुरमुखी भीरछेउको जंगलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पक्राउ परेका विष्टको साथबाट प्रहरीले २ थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल २ थान, १० राउण्ड गोली, ह्याण्ड ग्रिनेट १ थान पनि फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो ।घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..