पंखा चलाउने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु



विरगञ्ज ।आफ्नै कोठामा पंखा चलाउने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । विरगञ्ज महानगरपालिका १२ मुर्लीमा पंखा चलाउने क्रममा २४ वर्षिया अनितादेवी शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको छ ।करेन्ट लागेर घाइते भएकी शाहको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार