खैरो हेरोईन सहित ३ जना पक्राउ



सुनसरी । इटहरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । सुनसरीको ईटहरी उपमहानगरपालिका१२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ बर्षीय तिर्थ बहादुर तामाङ, केरावारी गाउँपालिका ७ का २९ बर्षीय लाल बहादुर कार्की र ३९ बर्षीय विर बहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार