माटोको ढिस्कोले पुरिएर सबओभरसियरको मृत्यु



पर्वत । सडकमा काम गरिरहेका बेला माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर कुस्मा नगरपालिकामा एकजना सबओभरसियरको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका करिब २३ वर्षीय कमल राई रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईलाई परेको हो। उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ। शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ।

सम्बन्धित समाचार