इटहरीको मुख्य चोकमा कुटाकुट



इटहरी।  गए राती इटहरीको मुख्य चोकमा युवाहरुबीच कुटाकुट भएको खुलेको छ । घटनामा परी गायक पल लिम्बु घाईते भएका छन् ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक(डिएसपी) धर्मराज भण्डारीका अनुसार गए राती करीब १० बजेको समयमा यो घटना भएको हो । घटनामा संलग्न केही व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘हिजो राती झगडा गरिरहेको अवस्थामा हामीले केही व्यक्तिलाई पक्राउ गरेका छौँ, एक जना सामान्य घाईते भएका छन्,’डिएसपी भण्डारीले भने ।

उनले ४ जना पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए पनि नाम खुलाउन मानेनन् । ‘हामीले अनुसन्धान गरिरहेका छौँ, अहिले नाम दिन मिल्दैन,’डिएसपी भण्डारीले भने ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..