रसुवाको हिमाली भेगवाट दुईजना विदेशी पर्यटक सम्पर्कविहीन



नुवाकोट । दुईजना विदेशी पर्यटक रसुवाको हिमाली भेगवाट सम्पर्कविहीन भएका छन्। पर्यटकीय हिमाली रसुवाको उत्तरपश्चिमी भेगमा रहेको थुमन क्षेत्रबाट पदयात्रा गर्न पुगेका दुई विदेशी पर्यटक हराएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ।

सदरमुकाम धुन्चेदेखि २५ किलोमिटर उत्तरपश्चिमी भेगमा रहेको थुमनवाट दक्षिण कोरियाका ४२ वर्षीय सिसङ र नेदरल्याण्ड्सका  २७ वर्षीय थोमस व्यक्स गत भदौ २७ गते शुक्रबारदेखि सम्पर्कविहीन भएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए। स्थानीयवासीलाई उद्धृत गर्दै थापाले  गोसाइकुण्ड गाउँपालिका–१ थुमनबाट उनीहरु सम्पर्कविहीन भएको बताए।

सम्पर्क भएका दुईजनाको खोजीकार्य जारी रहेको थापाले बताए। उनीहरु तामाङ सम्पदा मार्गमा पदयात्रा गरिरहेको क्रममा बेपत्ता भएको जनाइएको छ।
हराइरहेकाहरुको खोजीका लागि त्यसतर्फ हेलिकोप्टर परिचालन गरिने तयारी भए पनि प्रतिकुल मौसमका कारण जान नसकेको प्रहरी निरीक्षक थापाले बताए। थापाका अनुसार उनीहरुको वास्तविक अवस्थाका बारेमा खोजी तथा अनुसन्धान भइरहेको छ। उनीहरु भदौ २७ गते स्याफ्रुबेशीबाट तामाङ सम्पदा मार्ग क्षेत्रमा पदयात्रा गर्न पुगेको जनाइएको छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..