संखुवासभामा कर दिवस सप्ताह मनाउन सुरु




खाँदबारी । स्वच्छ कर प्रसाशनः बिकास र शुसासन भन्ने नाराका साथ आठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा संखुवासभाको सदरमुकाम खाँदबारीमा कर सचेतना सम्वन्धी बिबिध कार्यक्रमको आयोजना गरिएको छ । करदाता सेवा कार्यालय खाँदबारी र संखुवासभा उद्योग बाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा कर सचेतना अभिबृद्धी सम्वन्धी सप्ताहब्यापी कार्यक्रमको घोषणा सहित राष्ट्रिय कर दिवसको समुद्घाटन गरिएको छ ।

संखुवासभाका उद्योगी ब्यवसायी, नागरिक समाजका अगुवा, संचारकर्मी सहितको टोलिले कर सचेतना अभिबृद्धिका लागि प्लेकार्ड र ब्यानर सहित नयाँबजार देखि खाँदबारीका बिभिन्न बजारक्षेत्रमा प्रभात फेरीको आयोजना गरेका छन् । करमैत्री वातावरण निर्माण गरौं, समयमा कर तिरौं, करको सहि सदुपयोग गरौं जस्ता नारा र प्लेकार्ड सहितको टोलीले संखुवासभा उद्योग बाणिज्य संघको सभाहलमा बृहत कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यले निजी क्षेत्रको सहभागिताले मात्र मुलुकले संबृद्धिको मार्ग पक्रने भएकाले निजीक्षेत्रको संरक्षण र संम्वर्धनबाट मात्र करमैत्री वातावरण तैयार हुने भन्दै ब्यवसायी मैत्री करप्रणाली आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै करदाता सेवा कार्यालय खाँदबारीका प्रमुख राजन बिश्वकर्माले मुल्य अभिबृद्धि कर भ्याटमा दर्ता भएका ब्यवसायीहरुमा करसम्वन्धी आवश्यक जानकारी नुहँदा अझैपनि समस्या भएको बताए । अधिकांश ब्यवसायीले भ्याट बिवरण नबुझाएर ननफाईलर रहेको, भ्याटमा जानै पर्ने ब्यवसायी उत्साहित नभएको बरु मुल्य अभिबृद्धि करमा समावेश हुन नपर्ने ब्यवसायीहरु पनि भ्याटमा दर्ता भएको जस्ता बिबिध समस्या देखिएको भन्दै करसम्वन्धी जनचेतना अभिबृद्धि गर्न निजीक्षेत्र संग थप सहकार्य गरिने बताएका थिए । आठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा होटल ब्यवसायी संघ संखुवासभाका अध्यक्ष डक्टर प्रसाद पराजुली, बितरक संघका अध्यक्ष हिमाल श्रेष्ठले करप्रणालीलाई थप पारदर्शी र ब्यवस्थीत गर्न प्रशिक्षण अवश्यक भएको धारणा राखेका थिए ।

मंसिर १ गतेदेखि ७ गते सम्म घोषणा गरिएको आठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको पहिलो र दोश्रो दिन खाँदबारी तेश्रो दिन बरुण बहुमुखी क्याम्पसमा बिबिएस अध्ययनरत बिद्यार्थीलाई कर सम्वन्धी प्रशिक्षण, चौथो दिन खाँदबारी ३ मानेभञ्ज्याङ्गमा ब्यवसायीलाई प्रशिक्षण, पाँचौ दिन खाँदबारी ९ तुम्लीङ्गटार, छैटौं दिन होटल र निर्माण ब्यवसायीलाई करप्रशिक्षण तथा अन्तरक्रिया र सातौं दिन पाँचखपन नगरपालीकामा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहका समापन गर्ने कार्यक्रम रहेको करदाता सेवा कार्यालय खाँदबारीका प्रमुख राजन बिकले जानकारी दिए ।

सम्बन्धित समाचार