भोटखोलामा भालुको आक्रमणबाट घाईते




खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिका ३ का ५५ बर्षिय छाम्जे भोटे भालुको आक्रमणबाट घाईते भएका छन् । बुधबार गाउँ नजिकैको जंगलमा बाख्रा चलाउन गएको बेला भालुको आक्रमणमा परेका हुन् ।

भालुको आक्रमणमा परेका भोटेको टाउको र शरिरको विभिन्न भागमा चोट पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घाईते बनेका भोटेलाई हेलिकप्टरबाट जिल्ला अस्पताल खाँदबारीमा उपचार गर्न ल्याएपनि त्यहाँ उपचार हुन नसकेपछि काठ्माण्डौ लगिएको छ ।

सम्बन्धित समाचार