संखुवासभाको ज्यामिरेमा आगलागीबाट एक घर जल्यो




खाँदबारी । संखुवासभाको सभापोखरी गाउँपालिका २ ज्यामिरेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । विहिबार दिउँसो आगलागी हुँदा ध्वजबिर राईको ढुंगा माटोको दुई तले घर जलेर नष्ट भएको हो ।

घरसँगै नगद तीन लाख, पाँच तोला सुनको गरगहना, ल्यापटप, अन्नपात, लत्ताकपडा लगायतका सामग्रीहरु जलेर नष्ट भएको हो । घरमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सम्बन्धित समाचार