संखुवासभाः मतदानको समयमा सवारी साधन चलाउन रोक




खाँदबारी । संखुवासभाको उप निर्वाचन हुने क्षेत्रमा भोली (सनिबार) सवारी साधन प्रयोगमा रोक लगाईएको छ । । भोली उपनिर्वाचन हुने मकालु गाउँपालिका र खाँदबारी नगरपालिका वडा नम्बर ३ मा मतदान समयमा सवारी सञ्चालनमा रोक लगाईएको हो ।

उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै विहान पाँच बजेदेखि साँझ सात बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । खाँदबारी नगरपालिका र चैनपुर नगरपालिकाको सिमा क्षेत्र सभाखोला हुँदै लेगुवा तर्फ जाने सवारी साधनहरु विहान पाँच बजे अगावै सभाखोला पार गरिसक्नु पर्ने र साँझ सात बजे मात्र सभाखोलाबाट भित्रिन सक्ने ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनुभयो ।

त्यस्तै, भोटखोलाबाट मकालु गाउँपालिका तर्फ आउने सवारी साधनहरु गोला बजारसम्म मात्र आउने पाउने भएका छन् । त्यहाँबाट मकालु गाउँपालिका प्रवेश गर्न पनि साँझको सात बजेपछि मात्र अनुमति प्राप्त हुनेछन् । निर्वाचन प्रयोजनको लागि खटाईएको सवारी साधन र पत्रकारहरुलाई भने सवारी चालक पास प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दुलालको भनाई छ ।

सम्बन्धित समाचार