पाँचखपनको वानामा मिसन आईटीको शाखा सञ्चालनमा




वाना । पाँचखपन नगरपालिकाको वडा नम्बर ६ वाना बजारमा मिसन आईटी सोलुसनको शाखा सुरु भएको छ । सुविधा सम्पन्न डिजिटल कक्षा सहित शुक्रबार शाखाको उद्घाटन गरिएको हो ।

मुख्य गरि यस शाखाबाट विभिन्न तहको कम्प्युटरको तालिम प्रदान गरिने छ । त्यस्तै कम्प्यटर विक्रि तथा मर्मत र कम्प्युटर सम्बन्धी सम्पुर्ण सेवाहरु उपलब्ध गराईने मिसन आईटी सोलुसनका प्रमुख कार्यकारी निर्देशक गंगा चौलागाईले जानकारी दिनुभयो । कम्प्युटर ल्याबमा १४ वटा ल्यापटप, ५० ईञ्चको मल्टिमिडिया सहितको डिजिटल क्लासको तयारी गरिएको प्रमुख कार्यकारी चौलागाईले जानकारी दिनुभयो ।

शाखा सञ्चालनको लागि ४ जना कर्मचारीलाई नियुक्ति दिई रोजगारी प्रदान गरिएको छ ।

सम्बन्धित समाचार