खाँदबारी नगरपालिकाको आयोजनामा कृषी तथा पशु मेला प्रदर्शनी



अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्की लगायतको टोलीले प्रदर्शनी अवलोकन गर्दै ।

खाँदबारी। जिल्लाको खाँदबारी नगरपालिकाले कृषी तथा पशु मेला प्रदर्शनीको आयोजना गरेको छ । नगरपालिकाले सोमबार खाँदबारी हाट लाग्ने टुँडीखेलमा मेलाको आयोजना गरेको हो ।

मेलामा कृषी बाली समुह र पशु समुहमा बर्गिकरण गरि प्रदर्शनी गरिएको थियो । कृषी तर्फ १० वटा समुह राखिएको थियो । घरेलु हस्तकला, बन पैदावार समुह, आलु तथा जरे बाली समुह, फलफुल तथा बाली समुह, लहरे तथा फल जन्य बाली समुह, दलहन, तेलहन तथा नगदेबाली समुह, पात तथा फुल जन्य तरकारी बाली समुह, खाद्यन्न बाली समुह र बिविध समुह गरि दश समुहमा प्रदर्शनी गरिएको थियो । यस समुहमा ४२ जना कृषकहरुले सहभागीता जनाएका थिए । त्यस्तै पशु तर्फ ८ समुहमा प्रदर्शनी गरिएको थियो । गाई, भैंसी, बङ्गुर र बाख्राको भाले पोथी समुह गरि ८ वटा समुहमा प्रदर्शनीको ब्यवस्था गरिएको थियो ।

नगरपालिका भित्रका कृषकहरुलाई उत्पादनमा प्रोत्साहत गर्ने उद्देश्यले कृषी मेलाको आयोजना गरिएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको निति तथा कार्यक्रमबाट नै पारित गरेर यस्तो कार्यक्रमको आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो । यस बर्ष पहिलो पटक मेलाको आयोजना गरिएको बताउनुहुँदै प्रदर्शनीको कार्यक्रमलाई निरन्तरता दिईदै जाने समेत प्रमुख खतिवडाले जानबारी दिनुभयो ।

प्रदर्शनीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्की समेतले पनि अवलोकन गर्नुभएको थियो । प्रदर्शनीलाई स्थानीय नागरिकहरुसँगै कृषकहरुले पनि अवलोकन गरेका थिए ।

सम्बन्धित समाचार