शिक्षक संगठन संखुवासभाको प्रशिक्षण तथा नेतृत्व विकास तालिम सुरु




खाँदबारी । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति संखुवासभाको आयोजनामा शिक्षक–प्रशिक्षक प्रशिक्षण तथा नेतृत्व विकास समब्न्धि दुई दिने तालिम खाँदबारीमा सुरु भएको छ । “गौरवशाली विगत, चुनौतिपूर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन” भन्ने नाराका साथ नेपाल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका सभापति गोविन्दमान तामाङको सभापतित्वमा उद्घाटन गरिएको हो ।

खाँदबारी नगरपालिकाको सभाहलमा सुरु भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा प्रमुख अतिथि रहनुभएको छ । संगठनका राष्ट्रिय उपाध्यक्ष गोविन्दराज श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको छभने नेपाल शिक्षक महासंघका राष्ट्रिय सचिव सूर्य बहादुर दाहाल, संगठनका प्रदेश नं। १ का अध्यक्ष बुद्धिमान कार्की, नगर प्रमुख मुरारीप्रसाद खतिवडा, प्रमुख प्रशासकीय अधिकृत कोमलप्रसाद धमला लगायत विभिन्न राजनीतिक दलका प्रतिनीधिहरुको उपस्थिति रहेको छ ।

तालिममा प्रत्येक पालिकाबाट अध्यक्ष, सचिव र एक जना महिला, जिल्ला समितिका पदाधिकारीहरु साथै नेपाल शिक्षक महासंघका सदस्यहरु गरी ८६ जनाको सहभागिता रहेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि शिक्षकमा पेशागत क्षमता अभिवृद्धि गर्न तथा संगठनात्मक नेतृत्व विकास गर्ने उद्देश्यले तालिम संचालन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन खाँदबारी नगर समितिका सचिव रामकुमार घिमिरेले जानकारी दिनुभयो ।

रेडियो संखुवासभाबाट ।

सम्बन्धित समाचार