यसरी उद्घाटन गरियो सिलिचोङको एम्बुलेन्स (भिडियो सहित)




ताम्कु । भारतीय दुताबासको सहयोगमा प्राप्त एम्बुलेन्स गाउँपालिकाका पदाधीकारीहरुले उद्घाटन गरेका छन् । गाउँपालिकाको प्रमुख रामबहादुर कुलुङ लगायतका कार्यपालिका पदाधीकारी, कर्मचारी लगायतको उपस्थितीमा एम्बुलेन्सको पुजा गरेर उद्घाटन गरिएको हो ।

उक्त एम्बुलेन्स सञ्चालन गर्नको लागि कार्यविधि तयारीको अन्तिम चरणमा रहेको र लगत्तै सञ्चालनमा ल्याईने गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । हाललाई उक्त एम्बुलेन्स प्राथमिक स्वास्थ्य केन्द्र ताम्कुमा राखिने बताईएको छ । एम्बुलेन्स ताम्कु-बुम्लीङ, बुम्लीङ-बुधबारे सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य शाखा संयोजक दिपन्द्र कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार