सिलिचोङको बालामा भिरबाट खस्दा श्रीमानको मृत्यू, श्रीमती घाईते



बाला । सिलिचोङ गाउँपालिका २ बालामा २ जना भिरबाट खस्दा १ जनाको मृत्यू भएको छ भने अर्का एक जना घाईते भएका छन् । हिजो साँझ भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका थोटनेरी गाउँका ४८ बर्षिय एकराज विश्वकर्माको मृत्यू भएको हो ।

श्रीमान भिरबाट खसेपछि उनीसँगै भिरमा हाम फालेका उनकी श्रीमती घाईते भएका हुन् । विश्वकर्मा वडा नम्बर २ का वडा कार्यालय नजिकैको बोस्कु खोलाको भिरबाट खसेको हो । बाटोबाट करिब ४ सय मिटर तल खस्दा घटना स्थलमा नै विश्वकर्माको मृत्यू भएको हो भने उनकी श्रीमती रुखमा अड्किएर घाईते मात्र भएका हुन् । घाईते बनेको विश्वकर्माको श्रीमतीको बाला स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । विश्वकर्माको शव उठाउन जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट प्रहरी टोली घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विश्वकर्मा दम्पत्ती बालामा आफन्तलाई भेटेर फर्किने क्रममा यस्तो घटनामा परेका हुुन् ।

सम्बन्धित समाचार