ईलाममा एक रुपियाँमा खाने, बस्ने सुविधा 



पशुपतिनगर । भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ । पहिलोपटक होटल बुक गर्न आएका पाँच पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी एकरएक रुपियाँमा खाने बस्ने व्यवस्था गरिएको हो । इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएका हुन् ।

पर्यटकलाई थप आर्कषित गर्न होटल एसोसिएसन इलाम, पर्यटन प्रर्वद्धन सरोकार समिति, इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामका होेटलमा उक्त सुविधा दिइएको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो ।इलाम आइपुग्नुभएका जापानी पर्यटक युकिड मितामुरा र चार जना नेपाली पर्यटकलाई स्वागत गरी इलामको पर्यटन सद्भावना दूतका रुपमा प्रमाणपत्रसमेत प्रदान गरिएको छ । लक्की पर्यटक घोषित भएपछि जापानी पर्यटक मितामुराले इलामले दर्शाएको आतिथ्यता आफ्नो देशमा बाँड्ने बताउनुभयो । इलाम आउने पर्यटकलाई लक्षित गरी इलामबाट काठमाडौँसम्म र काठमाडाँैबाट इलामसम्म आउने एक जना पर्यटकलाई शुभेच्छा ट्राभल्सले निःशुल्क टिकटको व्यस्था गरेको छ ।

पर्यटकले ढाके कन्याम र अन्तु

इलाम अङ्ग्रेजी नयाँ वर्ष तथा नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार इलामका पर्यटकीय स्थल भारतीय तथा आन्तरिक पर्यटकले छपक्कै भएका छन् । विभिन्न कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन भइरहँदा इलामको कन्याम, श्रीअन्तुलगायतका पर्यटकीय स्थलमा भारतीय पर्यटक धेरै आएका छन् । घुम्नैपर्ने सय पर्यटकीय स्थलमा घोषणा भएको सूर्योदय नगरपालिकाको कन्याममा भ्रमण वर्षको पहिलो दिन चार हजारभन्दा बढी भारतीय पर्यटकले भ्रमण गरेका छन् ।

चिया बगानमा वनभोज खान, घोडचढी गर्न, विभिन्न जातजातिको पहिरनमा सजिन र प्राकृतिक सुन्दरतामा रमाउन भारतीय पर्यटक पशुपतिनगर नाकाबाट कन्याम आएका हुन् । सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले छिमेकी देश भारतबाट पर्यटक आउने क्रम बढेको बताउनुभयो ।

सम्बन्धित समाचार