संखुवासभामा हिमपात सुरु, जनजिवन कष्टकर




खाँदबारी । आज दिउँसोबाट संखुवासभाको विभिन्न स्थानमा पानी पर्न थालेपछि जनजीवन कष्टकर बनेको छ । पानी परेसँगै जिल्लाको माथिल्लो स्थानहरुमा हिमपात सुरु भएको छ । जिल्लाको किमाथांका, हटिया, मांसिमा, मुडे, बसन्तपुर लगायतका स्थानहरुमा हिमपात सुरु भएको छ ।

लगातार पानी परेपछिको हिमपातको कारण नागरिकहरु घर बाहिर निस्कन सकेका छैनन । हिमपात पछि जाडो बढेको कारण घरपालुवा गाई बस्तु ब्यवस्थापनमा समस्या बढेको छ ।

बढ्दो जाडोको कारण बालबालिका र बृद्धबृद्धाको स्वास्थ्यमा विभिन्न समस्या आउन सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । बालबालिकाहरुमा निमोनियाको प्रकोप बढी हुनसक्ने भएकोले न्यानो लुगाको ब्यवस्था गर्नु पर्ने जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।

सम्बन्धित समाचार