रेखा पन्तको ‘निराशा’ बजारमा (भिडियो सहित)




खाँदबारी । साहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका रेखा पन्तले नयाँ गीत ‘निराशा’ बजारमा ल्याएकी छिन । कमल सौरागको संगीत र मिलन अमात्यको आवाजमा रेखा पन्तको आफ्नैै युटुब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको अडियो र भिडियो प्रियसी म्युजिक प्रालिले निर्माण गरेको हो । काजिश श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा सगुन, रामकाजी र सुरेशले अभिनय गरेका छन् । रेशम दर्नामीले छायाँङ्कन गरेको भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेको हो ।

बन्धक बनाई शारिरिक शोषण गरिएको महिलाको कथा भिडियोमा देखाईएको छ । एक पुरुषले एक महिला माथी प्रेमको नाटक गरी कुनै कोठामा बन्धक बनाईएको यस भिडियोमा देख्न सकिन्छ । यसरी बन्धक बनाईएको महिला माथी प्रेमी सम्झेकी पुरुषले रकम अशुलेर अन्य पुरुषहरुलाई जबरजस्ती गराएको कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । अझै पनि कत्तिपय स्थानहरुमा प्रेमको नाटक गरि यस्तो घटना भईरहेको छ । यस्ता घटनाहरुलाई गीत र भिडियोको माध्यमबाट आम नेपालीहरु सचेत गराउने प्रयास समेत गरिएको निर्माण पक्षले जनाएको छ ।

गीत सार्वजनिक गरेका पन्त बढी जसो गजल लेखनमा कलम चलाउछिन् । विभिन्न पत्रपत्रिकामा गजल प्रकाशन गर्दै आएका पन्तले दर्जन गीतहरु पनि लेखेकी छिन् । गोरखा जिल्ला घर भएकी पन्त हाल बैदेशिक रोजगारीको क्रममा ईजरायलमा छिन् ।

सम्बन्धित समाचार