संखुवासभामा कोरोना संक्रमतिको संख्या बढेको बढ्यै, शनिबा थप १५ जना संक्रमित




खाँदबारी । संखुवासभामा पछिल्लो समय कोरोना भाईरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । शनिबार आएको नतिजा अनुसार संखुवासभामा थप १५ जनामो कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा मकालु गाउँपालिकाका ८, खाँदबारी नगरपालिकाका ३, चैनपुर नगरपालिकामा २ सभापोखरी गाउँपालिकामा १ र ठेगाना नखुलेको एक जनामा कोरोना संक्रण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । संखुवासभामा पछिल्लो नतिजाहरु हेर्दा समुदाय स्तरमा कोरोना फैलिसकेको देखिन्छ ।

स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार हालसम्म २ हजार ७५ जनाको पिसिआर परिक्षण गरिएको छ । त्यस मध्ये १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरु मध्ये ८६ जना निका भईसकेका छन् भने ४७ जनाको उपचार भईरहेको छ ।

सम्बन्धित समाचार