कुलुङ भाषाको चलचित्र ‘सोङ्गेर लालिमा’को ‘मिन्चायान्लो’ गीत सार्वजनिक



काठ्माण्डौ । कुलुङ जातीको चार्ड चाक्चाकुरमा प्रदर्शनको तयारी गरिएको कुलुङ भाषाको चलचित्र सोङगेर लालिमाको गीत मिन्चायान्लो सार्वजनिक गरिएको छ । सृजन कुलुङको शब्द र मनबहादुर कुलुङको संगीत तथा स्वरमा रहेको उक्त गीत सोलुखुम्बु मिडिया युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा सृजन कुलुङ र रमा कुलुङको अभिनय हेर्न सकिन्छ । गीतको भिडियो भने छविसित कुलुङले छायाँकन गरेका हुन् । गीतको भिडियोका लागि ड्रोन छायाँकन समेत गरेका छविसितले नै भिडियो सम्पादन गरेका हुन् ।

चलचित्र कुलुङ जातीको प्रमुख पर्व मिनारी दाचाम चाक्चाकुरमा विभिन्न कुलुङ बस्तिहरुमा च्यारिटी सो गर्ने योजना रहेको निर्देशक मनबहादुर कुलुङले जानकारी दिनुभयो । तिलजंग कुलुङ निर्माता रहेको उक्त चलचित्रमा अन्तरजातिय बिवाह पछि भोग्नु परेको समस्यालाई देखाईएको निर्देशक कुलुङले बताउनुभयो ।

चलचित्रमा सृजन कुलुङ र रमा कुलुङ मुख्य भुमिकामा रहेका छन् । चलचित्रका दुई मध्ये अर्को गीतमा पबित्रा गुरुङ र मनबहादुर कुलुङको आवाज रहेको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार