चिचिलाको मत्स्यपोखरीमा पर्यटकको घुँईचो



चिचिला । यस बर्षको नयाँ बर्षमा चिचिला गाउँपालिका ४ मा रहेको मत्स्यपोखरीमा पर्यटकहरुको घुँईचो लागेको छ । संखुवासभा र छिमेकी जिल्लाहरुबाट नयाँ बर्षको दिन मत्स्यपोखरीमा पर्यटकहरुको उपस्थिती बढेको हो ।

यहाँ घुम्न आएका पर्यटकहरुले आफुहरुले सोँचेको र सुनेको भन्दा पनि अझ सुन्दर र मनोरम पाएको प्रतिकृया दिएका छन् । पर्यटकहरुले मत्स्यपोखरीको माछा अद्भुत रहेको बताएका छन् । मत्स्यपोखरी एकान्त र शान्त क्षेत्रमा रहकोले ब्यस्त दैीनकीलाई पुर्नःताजगीका लागि उपयुक्त गन्तब्य रहेको प्रतिकृया दिएका छन् । यस क्षेत्र आफुहरुले सुनेको र अनुमान गरेको भन्दा पनि अझ शुन्दर पाएको मत्स्यपोखरी घुम्न आउनुभएका षडानन्द नगरपालिकाका उपमेयर मेरिका राईले प्रतिकृया दिनुभयो ।

यस पटक धनकुटा र भोजपुरबाट समेत उल्लेख्य संख्यामा मत्स्यपोखरी घुम्न आएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिनुभयो । यहाँ आएका पर्यटकहरुको बिवरण नराखिए पनि पाँच सय भन्दा बढी पर्यटकहरु घुम्न आएको अध्यक्ष शेर्पाले दावी गर्नुभयो । पछिल्लो समय केहि पत्रकारहरुले प्रचारप्रसारमा सहयोग गरेकोले पनि पर्यटकको संख्या बढेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

मत्स्यपोखरी क्षेत्रलाई थप आकर्षक बनाउन गुरुयोजना बनाएर भौतिक पुर्वाधार निर्माणको काम भईरहेकोले आगामी दिनमा अझ पर्यटकहरुको संख्या बढ्ने अध्यक्ष शेर्पाले दावी गर्नुभयो । मत्स्यपोखरी धार्मिक क्षेत्र समेत भएकोले धार्मिक पर्यटकहरुको समेत उपस्थिती हुने शेर्पाको भनाई छ ।

सम्बन्धित समाचार