बच्चाहरुको जन्मउत्सबमा अपाङ्ग, अशक्त,निम्न बर्ग तथा सुस्त मनस्थीतिका बालबालीकालाइ राहत बितरण



संखुवासभा । संखुवासभाको खादबारी नगरपालीका वडा नं ३ सुनारपांमा टोलमा अपाङ्ग, अशक्त,निम्न बर्ग तथा सुस्त मनस्थीतीका बालबालीकाहरुलाइ राहत बितरण गरीएकोछ ।

हाल युके र हङकङमा अबस्थीत प्राण + पुण गुरुङको सुपुत्र प्रभात गुरुङ र प्रमिला+राम गुरुङको सुपुत्र प्रमाण गुरुङको जन्म उत्सबमा आज एक कार्यक्रम बिच राहत हस्तान्तरण गरीएको हो । कार्यक्रमका सभापती टोल अध्यक्ष जय बहादुर श्रेष्ठ वडा सदस्य इन्द्र माया रसाइली संगै बसन्त मेघी गुरुङको नेतृत्वमा आज १८ अपाङ्ग, अशक्त,निम्न बर्गको परीवारलाई १ बोरा चामल संगै दाल,नुन, तेलर साबुन समेत हस्तानतरण गरीएकोछ । कोरोना महामारीको मध्यनजर गर्दै हङकङमा रहनुहुने पुण गुरुङको तर्फ बाट नगद रु ५० हजार बराबर को सामाग्री अपाङ्ग,अशक्त,बिपन्न बर्गहरुलाई सहयोग गरीएको हो ।

परीवारमा बसेर पार्टी,रमाइलो भन्दा निम्न बर्गलाइ केही हदसम्म राहत हुन्छ भन्ने उदेश्यले बितरण गरीएको बसन्त मेघी गुरुङले बताउनु भयो । बाकी रहेको सहयोग सामाग्री सुस्त मनस्थीतीका बालबालीकाहरुको स्कुलमाइ गई हस्तानतरण गरीने पनी जानकारी दीनु भयो । सहयोग पाएपछी बिपन्न बर्ग साथै स्थानीय बासी खुशी भएकाछन । आगामी दिनमा अझै धेरै सहयोगको अपेक्षा समेत गरेकाछन ।

सम्बन्धित समाचार