भोजपुरमा निर्माणाधिन लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने


१९ आश्विन २०७८, मंगलबार


भोजपुरको षडानन्द नगरपालिका( १ मा निर्माणाधिन लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाइड्रोपावरको जारी पुँजीमध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरूलाई र २० प्रतिशत अर्थात १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूमा जारी गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा लोअर इर्खुवा हाइड्रोपावरका प्रबन्ध संचालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेकाछन् ।

सम्बन्धित समाचार