सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्यो


११ कार्तिक २०७८, बिहिबार


काठमाण्डौ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलामा ९२ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो । चाँदी आज पनि हिजोजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार