सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन गरेर मेटा राखियो


१२ कार्तिक २०७८, शुक्रबार


काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा राखिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गर्नुभएको हो । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताउनुभएको छ ।

कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ । युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदलेको हो ।

पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । साथै फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ ।

फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।

सम्बन्धित समाचार