साहित्यकार लीलबहादुर क्षेत्री भारतको पद्मश्रीबाट सम्मानित


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौं । नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री सम्मानबाट सम्मानित गरिएको छ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज भारतीय राष्ट्रपति रामनाथले क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गरेका हुन्।

बसाइँ सराइमाथि साहित्यकार क्षेत्रीले लेखेको बसाइँ उपन्यास सर्वाधिक चर्चित कृति हो। यो उनको पहिलो उपन्यास हो। उनी भारतको आसाममा बस्छन्।

भारतको संविधानको अनुसूची ८ मा आधिकारिक भाषाका रूपमा नेपाली भाषा पनि समेटिएको छ।

साहित्यिक कृति

उनका तीन उपन्यास प्रकाशित छन्। पहिलो हो बसाइँ। सन् २००७ मा यसलाई माइकल हटले माउन्टेन्स पेन्टेड विद टर्मरिक शीर्षकमा अंग्रेजीमा अनुवाद गरेका थिए।

सन् १९६९ मा उनको अर्को कृति अतृप्त प्रकाशित भयो। त्यसपछि ब्रह्मपुत्रको छेउछाउ र निबन्ध संग्रह असममा नेपाली भाषाको कठिनाइु प्रकाशित भए।

यसबाहेक उनको नाटक दोबाटो र लघु कथा संग्रह तीन दशक बीस अभिव्यक्त पनि छन्।

यसअघि क्षेत्री ब्रह्मपुत्रको छेउछाउ का लागि सन् १९८७ मा साहित्य अकादमी पुरस्कार र मदन पुरस्कार गुठीबाट दिइने जगदम्बा श्रीबाट पनि सम्मानित भइसकेका छन्।

उनको उपन्यास बसाइँमाथि निर्मित फिल्म सन् २००६ मा अन्तर्राष्ट्रिय विदेशी चलचित्र विधामा प्रतिष्ठित अस्करको मनोनयनमा परेको थियो।

सम्बन्धित समाचार