काठमाडौं । नेपालमा सुनको मूल्य एक लाख नजिक पुगेको छ। बुधबार सुन तोलाको ९९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। आज छापावाल सुनको मूल्य ९९ हजार ५०० र तेजावी सुनको मूल्य ९९ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा किचबेच भएको थियो।
रुस र युक्रेनमा तनाव बढेसँगै यसको प्रभाव आर्थिक तथा व्यापारिक क्षेत्रमा पर्न थालेको छ । नेपालमा पनि त्यसको असर देखिन थालेको छ । उक्त तनावले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो ।
बजारमा सुनको मूल्यमा उचारचढाव भइरहेपनि पछिल्लो समय दुई देशबीच द्वन्द्व बढेसँगै सुनको मूल्य दिनप्रति दिन बढ्दै गएको छ।
प्रतिक्रिया